Kathmandu Press

​​​​​​​नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

​​​​​​​नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

काठमाडौँ, भदौ ३१ : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।

आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिएको उनका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिए। 

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

गत सोमबार हृदयाघात भइ नेम्वाङको निधन भएको थियो। 

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्