Kathmandu Press

महाबौद्धमा आगलागीबाट कपडा जलेर नष्ट

महाबौद्धमा आगलागीबाट कपडा जलेर नष्ट
Hardik ivf

काठमाडौं, भदौ ३१ : काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी इम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले राससलाई जानकारी दिए।

आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, भदौ ३१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्