Kathmandu Press

नेपालको सीमा नाकामा भारतले थप भन्सार कार्यालय स्थापना गर्ने

भारतीय गृहमन्त्री अमित साहले नेपाल भारतको सीमा जोगबनी एकीकृत जाँच चौकी नजिक सशस्त्र सिमा बल (एसएसबी) को भवन उद्घाटन गर्दै यस्तो बताएका हुन्।
नेपालको सीमा नाकामा भारतले थप भन्सार कार्यालय स्थापना गर्ने

काठमाडौं, भदौ ३१ : भारतले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाएको छ।

साहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । कार्यालय स्थापना गर्ने स्थान समेत पहिचान गरिएको गृहमन्त्री साहको भनाई छ।

भारतीय सञ्चार माध्यम ‘बिजनेस स्ट्याण्डर्ड’ ले जनाए अनुसार पहिचान गरिएका नयाँ ‘ल्याण्ड कस्टम स्टेसन’ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्याण्डलिङ गर्नेछन्। नेपाल–भारतबीच हुने वस्तु आयात–निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्नेछन्।

शिलान्यासकाक्रममा मन्त्री साहले भने, ‘यो एकीकृत जाँचचौकीबाट दैनिक ७ हजार ट्रक आवतजावत गर्छन् । यो नेपाल र भारतबीच हुने कूल व्यापारको १४ प्रतिशत हो।’ 

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्