Kathmandu Press

गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरखा, भदौ ३० : गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग१ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। त्यहाँ
उपचारका क्रममा उनको मृत्यु भएको हो।

बस र बसका चालक ४९ वर्षीय रेशम गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्