Kathmandu Press

बीपी नेपाली इतिहासकै प्रभावशाली व्यक्ति : प्राडा खनाल 

बीपी नेपाली इतिहासकै प्रभावशाली व्यक्ति : प्राडा खनाल 

काठमाडौं, भदाै ३० : प्राध्यापक डाक्टर कृष्ण खनालले नेपाली राजनीतिमा बीपी कोइराला जति प्रभावशाली व्यक्ती कोही नलागेको बताएका छन्। 

काठमाडौंमा बीपी कोइरालाको बीपीको डायरी सार्वजनिक कार्यक्रममा प्राडा खनालले, ईतिहासमा अदालतमै उभिएर आफूले क्रान्ति सुरु गरेको भन्ने सामर्थ्य भएको व्यक्ति आफूँलाई बीपी मात्रै लागेको टिप्पणी गरे। 

Hardik ivf

‘पञ्चायतको अदालतमा उभिएर दिएको, कोठामा बसेर लेखेको पनि होइन् त्यो। जब सात सातवटा मुद्दा छ। प्रत्येक मुद्दामा फासीको सजाँय माग गरिएको छ। त्यस्तै बेलामा यस्तो यस्तो बेलामा मैले क्रान्ति नगरे कस्ले गर्छ त। मैले क्रान्तिको आह्वान गरेको हुँ। मरेका छन् मान्छे त्यो बेलामा भनेर बिपिले प्रष्ट भनेका छन्।’

उनले थपे, ‘तपाईँले बन्द कोठामा बसेर सोचेर लेख्नु अर्को कुरा हो। अदालतको कठघरामा उभिएर बयानमा त्यो कुरा दिने सामान्य कुरा होइन। त्यस कारण बीपीसंग यो क्षमता थियो भन्ने मलाई लागेको छ। बीपी जतिको प्रभावशाली व्यक्ति मलाई कोही लागेको छैन।' त्यस्तै उनले बीपीका केही कमजोरी अवस्य रहेको भन्दै उनका सकरात्मक पक्षले उनको कमजोरीलाई छायाँमा पारेको टिप्पणी गरे। 
 

प्रकाशित मिति: १७:२६ बजे, शनिबार, भदौ ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्