Kathmandu Press

कांग्रेसले बिपीलाई ‘सुपरम्यान’ बनायो : नेता कार्की 

कांग्रेसले बिपीलाई ‘सुपरम्यान’ बनायो : नेता कार्की 

काठमाडौं, भदाै ३० : माओवादी केन्द्र नेता राम कार्कीले बीपीलाई कांग्रेसले ‘सुपरम्यान’ बनाएको टिप्पणी गरेका छन्। 

काठमाडौंमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल डायरी सार्वजनिक कार्यक्रममा उनले भने, 'यो कांग्रेसले बीपीलाई बेला बेलामा सुपर म्यान बनाए। उनी महामानव हुन् । अब उनलाई चै बेला बेलामा नाम लिए मात्रै पुग्छ। कैले कहीँ अप्ठ्यारो परेको बेलामा बीपीको नाम लिइदिने अरु आफैं गर्ने भन्ने जो आम चलेको छ, त्यस्तो होइन।’

उनले भने, 'बीपी मान्छे हुन बीपीका कमजोरी पनि छन् । राम्रा कुरा पनि छन् । बीपी मान्छे त हुन तर राम्रा मान्छे हुन् । बीपीलाई त्यति मात्रै हो।' उनले नेपाली राजनीतिमा बीपीको स्थान र साहित्यमा लक्ष्मी प्रसाद देवकोटालाई कसैले उछिन्न नसकेको उनको तर्क छ। 

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्