मन्त्री तीर्थ लामाबारे एमालेले सदनमा माग्यो सरकारको जवाफ
शनिबारको प्रदेशसभा बैठकमा एमाले वाग्मती संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै सरकारकाे ध्यानाकर्षण गराए।
काठमाडौं, भदौ ३० : सुन तस्करीमा वाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले सरकारसँग जवाफ मागेको छ।
शनिबारको प्रदेशसभा बैठकमा एमाले वाग्मती संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै सरकारकाे ध्यानाकर्षण गराए।
केही दिनअघि दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद हुँदा पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको र उनी वाग्मती प्रदेशका मन्त्री तीर्थ लामानिकट रहेकाे बताइएकाे छ।
थपलियाले मन्त्रीको नाम उल्लेख नगरी सञ्चार माध्यमहरुमा समाचार आएकाले हो वा होइन भनी सदनमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए। प्रश्न उठिसकेपछि निर्दोष हो भने सरकार र मन्त्रीले बोल्नुपर्नेमा उनले जाेड दिए।
प्रकाशित मिति: १६:५५ बजे, शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार