Kathmandu Press

नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा

शनिबार एमाले मुख्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभाको आयोजना गरिएको हो।
नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा

काठमाडाैं, भदाै ३० : संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शोक सभा गरेको छ।

शनिबार एमाले मुख्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभाको आयोजना गरिएको हो। शोक सभामा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्ति भएको भन्दै उनको निधनले पार्टी र राष्ट्रलाई ठुलो क्षति पुगेको बताए।

उनले संविधान निर्माण गर्ने क्रममा मुलुकमा जातीय, क्षेत्रीय विभाजनको प्रयास गरिएको अवस्थामा सबैलाई एकताबद्ध बनाउन नेम्वाङको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे। भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो।

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्