Kathmandu Press

पोखरीमा डुबेर बालकको मृत्यु

आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पोखरीमा डुबेर आज मृत्यु भएको हो।
पोखरीमा डुबेर बालकको मृत्यु

महोत्तरी, भदौ २९ : महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पोखरीमा डुबेर आज मृत्यु भएको हो।

घर बाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेको र अन्तःमा पोखरीमा मृतावस्थामा फेला परेको थियो।

प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्