घुमुवा प्रहरी हुँ भन्दै लुटपाट गर्ने एक जना पक्राउ
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ।
धनुषा, भदै २९ : घुमुवा प्रहरी हुँ भन्दै लुटपाट गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ। एक जना फरार रहेको बताइएको छ।
पक्राउ परेका यादव र फरार रहेका एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित सडक खण्डमा मोटरसाइकलमा सवार यात्रुहरुसँग ४ हजार रुपैयाँ नगद लुटेर भागेका थिए।
सो घटनाको खबर प्राप्त हुनेसाथ इलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलीले अमरेश कुमार यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका यादवमाथि अनुसन्धान पक्रिया अगाडि बढाइएको छ भने फरार रहेका अन्य एक जना व्यक्तिको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












