Kathmandu Press

हिन्दु राज्य स्थापना माग गर्दै राप्रपा नेपालद्वारा प्रदर्शन

हिन्दु राज्य स्थापना माग गर्दै राप्रपा नेपालद्वारा प्रदर्शन

काठमाडाैं, भदाै २९ : समृद्ध हिन्दु अघिराज्य स्थापनाका लागि दबाब दिन भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंको भद्रकालीदेखि  भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो।

संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। राप्रपाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था कायम भएकाले त्यसको अन्त्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने जनाएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका हाल कायम रहेको व्यवस्थाले भ्रष्टाचार मौलाएकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो। उहाले गौंहत्याको अन्त्य र सुशासन स्थापनाका लागि जनआन्दोलनको घोषणा गरेको र त्यसै सिलसिलामा विरोध र्यालीको आयोजना गरिएको जिकिर गरे।

प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज गर, राजसंस्था पुनस्थापना गर लगायत नारा लगाएका थिए। 

प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्