५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे (तस्बिरहरू)
दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले ललितपुरमा मूल समारोहको आयोजना गरेको थियो।_Moment1694770488.jpg)
काठमाडाैं, भदाै २९ : ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ शुक्रबार राष्ट्रिय बाल दिवस मनाइएको हो। २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो।
_Moment tehq5h531694770464.jpg)
दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले ललितपुरमा मूल समारोहको आयोजना गरेको थियो। नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ।
_Moment rR1694770384.jpg)
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ।
_Moment tbqrthr31694770374.jpg)
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ। संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ।
_Moment hrj46j56qju56q1694770308.jpg)
_Moment rh5h53h1694770293.jpg)
IMG_01201694770878.jpg)














