Kathmandu Press

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक छलफलका लागि समितिमा

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक छलफलका लागि समितिमा

काठमाडाैं, भदाै २९ : केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गरेकाे केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैठकमा सभामुख देवराज घिमिरेले इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १४ गते बोलाइएको छ। 

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्