Kathmandu Press

समयलाई चिन्न सके कामसँगै दाम पछि लागेर आउँछ : हरिवंश आचार्य 

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै भएको बताए। 
समयलाई चिन्न सके कामसँगै दाम पछि लागेर आउँछ : हरिवंश आचार्य 

काठमाडौं, भदौ २९ : वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लागेको बताएका छन्। 

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै भएको बताए। 

‘अहिले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लाग्छ। समयलाई चिन्न सक्नुपर्ने रहेछ। चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै हो। कहिलेकाहीँ कथा पटकथा सजिलै फुर्छ तर कहिलेकाहीँ जति प्रयास गरे पनि केही गर्न सकिँदैन।’

उनले नेपाली चलचित्र क्षेत्र सानो पाइलाबाट अगाडि बढेको उल्लेख गर्दै त्यसबेला कलाकारहरुलाई पैसा दिने चलनै नभएको बताए। 
त्यो बेला सौखले र नाम कमाउन पाए हुन्थ्यो भन्ने सोचले काम गरिने गरेको आचार्यले बताए। 
 
प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्