Kathmandu Press

द्रुत बस सेवा सञ्चालनका लागि डेडिकेटेड बस लेन बनाउन सुरु 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए। मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेका छन्। 
द्रुत बस सेवा सञ्चालनका लागि डेडिकेटेड बस लेन बनाउन सुरु 

काठमाडौं, भदाै २९ : सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ। 
काठमाडौं डिभिजन कार्यालयले दु्रत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए। 
मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेका छन्। 

यातायात ब्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरु तयारी अबस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ। 

तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ।
 

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्