Kathmandu Press

एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भीड्ने

बिहीबार राति भएको खेल पाकिस्तानमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले भारतसँगको उपाधि भीडन्त पक्का गरेको हो।
एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भीड्ने

काठमाडाैं, भदाै २९ : एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भीड्ने भएका छन्। बिहीबार राति भएको खेल पाकिस्तानमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले भारतसँगको उपाधि भीडन्त पक्का गरेको हो।

श्रीलंकाको यो ११औं फाइनल यात्रा हो। भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ। भारतकाे याे १०औं फाइनल हाे।

कोलम्बोस्थित प्रेमदाशा क्रिकेट रंगशालामा वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो ।

Hardik ivf

श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए। यस्तै, चरिथा असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए। यस्तै सदिरा समराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए।

मेडिन्सले समराविक्रममासँग १ सय रनको साझेदारी गरेका दिए भने निसंकासँग ५७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अन्तिम २ ओभरमा १२ रन चाहिएको अवस्थामा ४९औं ओभरमा अफ्रिदीले ४ रन मात्र खर्चेर २ विकेट लिएपछि पाकिस्तानको जितको आशा जागेको थियो । तर, अलशंकाले श्रीलंकालाई जित दिलाए।

पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो। उसको मोहम्मद रिजवानले सर्वाधिक ८६ रन बनाए। उनले ७३ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै, ओडिआईमा डेब्यू गरिरहेका अब्दुल्लाह शफिकले पनि अर्धशतक बनाए। उनले ६९ बलमा ३ चौका र २ छक्का मद्दतमा ५२ बताए। यस्तै, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए ।

श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्साना र दुनीथ वेलालगेले समान १ विकेट लिए।

प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्