Kathmandu Press

खुला रूपमा दूध तथा दूधजन्य परिकार बिक्री वितरण नगर्न काठमाडौं महानगरको निर्देशन

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत (नवौँ तह) डा. अवधेश झाले हिजो एक सूचना जारी गर्दै खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन् ।
खुला रूपमा दूध तथा दूधजन्य परिकार बिक्री वितरण नगर्न काठमाडौं महानगरको निर्देशन
Hardik ivf

काठमाडौं, भदौ २९ : काठमाडौं महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत (नवौँ तह) डा. अवधेश झाले हिजो एक सूचना जारी गर्दै खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन् ।

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुकासाथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छु, सूचनामा भनिएको छ । 

प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्