Kathmandu Press

जसपाको थरुहट राष्ट्रिय समिति गठन

प्रदेशस्तरिय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम
जसपाको थरुहट राष्ट्रिय समिति गठन

काठमाडौं, भदौ २८ : जनता समाजवादी पार्टी (जसपा) को थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ। 

प्रदेशस्तरिय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

Hardik ivf

उनका अनुसार उक्त बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको छ। 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश तथा जिल्ला तहका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, भदौ २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्