Kathmandu Press

सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै साउन र भदौमा छ–छ  बालबालिकालाई सर्पले टोकेको थियो।
सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु
Hardik ivf

तुलसीपुर (दाङ), भदौ २८ : दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै साउन र भदौमा छ–छ  बालबालिकालाई सर्पले टोकेको थियो।  

सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो। जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ।

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, भदौ २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्