चोरी गरेको आरोपमा भारतमा नाै नेपाली पक्राउ
भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरसँग जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ नेपाली चाेरीकाे १ कराेड रूपैयाँसहित पक्राउ परेका हुन्।
धनगढी, भदाै २८ : चोरी गरेको आरोपमा भारतमा नाै नेपाली पक्राउ परेका छन्।
भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरसँग जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ नेपाली चाेरीकाे १ कराेड रूपैयाँसहित पक्राउ परेका हुन्।
सोमबार राति दिल्लीबाट पैसा चोरेर नेपाल छिर्ने क्रममा मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय गोप्य राखिएको प्रहरीकाे भनाइ छ।
सशस्त्र प्रहरी बल सुदूरपश्चिमका अनुसार पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका छन्।
प्रकाशित मिति: १२:४० बजे, बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार