Kathmandu Press

एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

काठमाडौं, भदौ २७ : संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्केका छन्।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको हाे।

हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्