Kathmandu Press

काठमाडौं उपत्यकामा गएराति भारी वर्षा, नदी तथा तटीय क्षेत्रमा सतर्क रहन आग्रह 

मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
काठमाडौं उपत्यकामा गएराति भारी वर्षा, नदी तथा तटीय क्षेत्रमा सतर्क रहन आग्रह 
Hardik ivf

काठमाडौं, भदौ २७ : काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ । जसका कारण नदी तथा खोलामा जलसतह बढेको छ । 

मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकाको धोविखोला कपन र धोविखोला चाहबिल जलमापन केन्द्रमा जलसतह उल्लेख्य मात्रामा बढेको छ । त्यसैले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, भदौ २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्