Kathmandu Press

विपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

विपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

काठमाडौं, भदौ २६ : विपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरिएको छ।

नेकप एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि नेपाली कांग्रेसले विपी साहित्य महोत्सवका आजको कार्यक्रम स्थगित गरेको हो।

कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने जानकारी दिए।

तीनदिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो।

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्