Kathmandu Press

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दै 

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।
नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दै 
Hardik ivf

काठमाडौं, भदौ २६ : नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । 

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 

गए राति नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।

प्रकाशित मिति: ०९:०६ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्