भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु
घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए। घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् ।
रुकुम, भदौ २५ : भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ।
रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो। तीनजना घाइते भएका छन्।
घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए। घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् ।
कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ।
प्रकाशित मिति: २०:१२ बजे, सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार