Kathmandu Press

छन्द कविता वाचक सरु गुरागाईंको क्यान्सरको टिस्यु निकालियो, स्वास्थ्यमा सुधार 

कवयित्री सरुको घाँटी वरिपरि र थाइराइडमा भएको टिस्युहरु निकालेपछि स्वास्थ्यमा केही सुधार आएको उनका श्रीमान् मुरारी गुरागाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 
छन्द कविता वाचक सरु गुरागाईंको क्यान्सरको टिस्यु निकालियो, स्वास्थ्यमा सुधार 

काठमाडौं, भदौ २५ : घाँटीको क्यान्सर भएपछि अस्पताल भर्ना भएकी कवयित्री एवम् छन्द कविता वाचक सरु गुरागाईंको क्यान्सरको टिस्युहरू शल्यक्रियामार्फत झिकिएको छ।

कवयित्री सरुको घाँटी वरिपरि र थाइराइडमा भएको टिस्युहरु निकालेपछि स्वास्थ्यमा केही सुधार आएको उनका श्रीमान् मुरारी गुरागाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

Hardik ivf

छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी कवयित्री सरुलाई घाँटीको क्यान्सर भएको थियो। ‘घाँटीमा लगभग एक बित्ता लामो चोट छ, जहाँबाट त्यहाँ भएका लिम्फ नोडहरूसहित ट्युमर निकालिएको थियो। घाउ ठूलो भएकोले निको हुन केही समय लाग्नेछ,’ सरुवाका श्रीमान गौतमले फेसबुकमा लेखेका छन्, ‘पहिलेभन्दा धेरै सहज भइसकेको छ। खान बोल्न सामान्यतया समस्या छैन। बाँकी उपचार के कस्तो हु्न्छ यो सबै आउने दिनमा थाहा हुनेछ।’

सरुको अमेरिकाको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। सरुका श्रीमान् गुरागाईंले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल समेत गरेका थिए। उपचारका लागि विभिन्न क्षेत्रबाट रकम जुटेको थियो।

गुरागाईंले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्। इलामकी कवयित्री सरुले अमेरिकाबाटै छन्द कविताका भिडियोहरू बनाएर बाचन गर्थिन्। छन्द कविता सबैका लागि कर्णप्रीय बन्दै छोटो समयमै चर्चित भएका थिए। 
 
प्रकाशित मिति: १४:१९ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्