Kathmandu Press

रोशीका पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरू मध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ति स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार लागिएको हो।
रोशीका पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

काभ्रे, भदौ २५ : काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिकाभित्र सञ्चालित पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार गर्ने भएको छ।

मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केही दिनमै मानसिर रोगको निःशुल्क उपचार सुरु गरिने गाउँपालिकाले जनाएको छ।

Hardik ivf

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरू मध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ति स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार लागिएको हो।

रोशी–५ स्थित सिसाखानी स्वास्थ्य संस्था, वडा नं. ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य संस्था, वडा नं. ८ स्थित खार्पाचोक स्वास्थ्य संस्था, वडा नं. १० स्थित वाल्टिङ स्वास्थ्य संस्था र वडा नं. ११ स्थित भिमखोरी स्वास्थ्य संस्थामा केही समयमै मानसिक रोगको उपचार सुरू गरिने उनले जानकारी दिए।

औषधिको टेण्डर भइसकेको र सो औषधी आउनेवित्तिकै ती ५ स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार सुरु गर्ने उनको भनाई छ। पालिकाको अन्य स्वास्थ्य संस्थाहरूमा पनि क्रमशः स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मानसिक रोगको उपचारमा बृद्धि गर्दै जाने उनले जानकारी दिए।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, भदौ २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्