Kathmandu Press

सुनसरीमा डुबेर २ जनाको मृत्यु

आइतबार राति ८ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाइते भई उपचारको लागि  जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए। 
सुनसरीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं, भदौ २५ : सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।

आइतबार राति ८ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाइते भई उपचारको लागि  जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए। 

यसैगरी सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रकाशित मिति: ०८:३८ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्