Kathmandu Press

मलगवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो।
मलगवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली

सर्लाही, भदौ २४ : धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज सर्लाहीकाे मलंगवामा सर्वपक्षीय सद्भाव र्‍याली गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्‍याली  निकाल्ने निर्णय गरेको थियो।

Hardik ivf

कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर शुक्रबार साँझ फर्किने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो।  

भदौ २२, २३ र २४ गतेका दिन भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ। समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनबमोजिम दोषीलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
 
आज बिहान ८ बजेपछि कर्फ्यु हटाए पनि मलंगवा नगरपालिका–२, स्थित भएको झड्प नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली हवाई फायर गरेको थियो भने कयौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

स्थानीय प्रशासनले बजार, पसल खोल्न तथा यातायातका साधन चलाउन भने पनि आज पनि ठाउँ ठाउँमा टायर बालेर विरोध भएपछि मलंगवा बजार पूर्णरूपमा बन्द रहेको छ।

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, भदौ २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्