Kathmandu Press

दिपिका बनिन् मिस युनिभर्स नेपाल

मंगलबार भएको ग्रान्ड फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै दिपिकाले उपाधि जितेकी हुन्।
दिपिका बनिन् मिस युनिभर्स नेपाल

काठमाडौं, भदौ २४ : जैन दिपिका ग्यारेट मिस युनिभर्स नेपाल २०२३ बनेकी छिन्।

मंगलबार भएको ग्रान्ड फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै दिपिकाले उपाधि जितेकी हुन्।

गरिमा घिमिरे फष्ट रनरअप, बुद्धिसारा सुनारा सेकेन्ड रनरअप बनिन् भने सितास्मा पोख्रेल थर्ड र अभिलासा लम्साल फोर्थ रनअरअप बनिन्।

विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स नेपालका विजेता सोफिया भुजेलले ताज पहिराइन् ।

प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो। रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योतिले एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३मा निर्णायकको भूमिका निभाएका थिए।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । उपाधि विजेताले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन।

 

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्