Kathmandu Press

करेन्ट लागेर एकको मृत्यु

वनकसवासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए। 
करेन्ट लागेर एकको मृत्यु

कृष्णनगर (कपिलवस्तु), भदौ २४ : कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

वनकसवासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए। 

Hardik ivf

गाउँको प्रतीक्षालय बस्ने अरुको काम गरिदिनेबापत स्थानीयवासीले खाना दिने गरेका स्थानीयले बताएका छन्।

मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, भदौ २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्