Kathmandu Press

क्रिकेटको पूर्वाधारमा ध्यान नदिइएको भन्दै अनेरास्ववियुकाे विरोध प्रदर्शन

क्रिकेटको पूर्वाधारमा ध्यान नदिइएको भन्दै अनेरास्ववियुकाे विरोध प्रदर्शन

काठमाडाैं, भदाै २४ :  नेपालमा क्रिकेटको पूर्वाधारमा सरकारले ध्यान नदिइएको भन्दै अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

विश्वले चिनेको खेलाडीलाई नेपाल सरकारले चिन्न नसकेको र क्रिकेट पूर्वाधारको विकासमा कुनै चासो नदिएको भन्दै अखिलले आइतबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।

उनीहरुले किर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने धेरै अघि तयारी भएपनि अहिलेसम्म जडान भएको भन्दै आपत्ति जनाएका थिए।

प्रदर्शनमा सहभागीहरुले खेलाडीहरुलाई उचित व्यवस्था गर्नुपर्ने, खेलाडीको घोषित पुरस्कार बितरण गर, टियु मैदानमा फ्लड लाइट जडान गर लगाएतका नारा लगाएका थिए। 

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्