Kathmandu Press

बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । 
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं, भदौ २४ : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । 

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । 

Hardik ivf

उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । 

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ । 

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्