Kathmandu Press

जंगलको चौतारीमा दुई महिनादेखि महिला अलपत्र

जंगलको चौतारीमा दुई महिनादेखि महिला अलपत्र

झापा, भदौ २३ : पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन्। जङ्गलमा रहेको पक्की चौतारामा उनको रातोदिन बास छ।

‘मंगोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी ती महिला नेपाली बोल्न सक्नुहुन्छ। भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि उहाँ जङ्गलको चौतारोमा लुगाकपडाको पोकोसहित बस्दै आउनुभएको हो,’ सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भने, ‘धरान र धनकुटामा नातेदार भएको बताउने उहाँले नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्नुहुन्न।’

अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताए। उनी बस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ। दिउँसो राजगार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरे सो स्थानमा राति सुनसान हुने गरेको छ।

प्रकाशित मिति: १५:१० बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्