Kathmandu Press

झापाका कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन्।
झापाका कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

झापा, भदौ २३ : मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन्। परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन्।

भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताउनुभयो। उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताए। 

Hardik ivf

प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन्। 

उनकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गरे। 'प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन,' उनले भने, 'कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाब थिएन। उहाँको खोजीमा सघाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।'

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्