Kathmandu Press

चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच सहमति

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्न पाँच बुँदे सम्झौता भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।
चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच सहमति

काठमाडौं, भदौ २३ : चीनको छोङछिङस्थित छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्न पाँच बुँदे सम्झौता भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

सम्झौतामा फाउन्डेसनका तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्षसमेत रहेकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजका तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका छन्।

Hardik ivf

चीन भ्रमणमा रहेका एमाले महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच भएको भेटर्वार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो।

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए।

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरुआतअन्तर्गत छोङछिङ थ्रि ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको प्रमुख गौतमको भनाइ छ। गौतमले भने, ‘छोङछिङको विकासमा उहाँहरूले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

सहमतिअनुसार कलेजको सहयोगमा ग्रामीण पुनःस्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ।  ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गनिनेछ।

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्