Kathmandu Press

२० लाख बढी रकमसहित जनकपुरमा एक युवा पक्राउ

जनकपुरधाम–४ स्थित सडकमा चेक जाँच गर्दा बिहारको दरभंगा थाना सिंहवाडाका २० पर्षीय राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो।
२० लाख बढी रकमसहित जनकपुरमा एक युवा पक्राउ

धनुषा, भदौ २२ : २० लाख रुपैयाँ भन्दा बढी रकमसहित एक भारतीय युवा पक्राउ परेका छन्।

जनकपुरधाम–४ स्थित सडकमा चेक जाँच गर्दा बिहारको दरभंगा थाना सिंहवाडाका २० पर्षीय राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट २० लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

उनको साथबाट प्रहरीले ९८०३४५२३५८ नम्बरको सिमकार्ड सहित ओप्पो मोवाइल एक थान पनि बरामद गरेको थियो।

बरामद गरिएको रकमसहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि आजै भन्सार कार्यालय जनकपुरधाम पठाइएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्