Kathmandu Press

भक्तपुरमा नापतौलका सामाग्री चेकजाँच

नेपाल नाप तौल तथा गुणस्तर नियन्त्रण कार्यालयबाट खटी आएको टोलीले यस क्षेत्रका व्यवसायीहरुका ढक, तराजु, कांटा, मिटर लगायतका सामाग्रीहरुको चेक जाँच र नविकरण गर्ने काम गरेको हो।
भक्तपुरमा नापतौलका सामाग्री चेकजाँच

भक्तपुर, भदाै २२ : भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको समन्वयमा भक्तपुरमा नापतौल डोर टोलीले व्यवसायीहरुको नापतौलका सामाग्रीहरु चेकजाँच गरेको छ।

नेपाल नाप तौल तथा गुणस्तर नियन्त्रण कार्यालयबाट खटी आएको टोलीले यस क्षेत्रका व्यवसायीहरुका ढक, तराजु, कांटा, मिटर लगायतका सामाग्रीहरुको चेक जाँच र नविकरण गर्ने काम गरेको हो।

व्यवसायीहरुको सुविधाका लागि नगरपालिका र वाणिज्य संघले आफ्नो समन्वय र व्यवस्थापनमा नापतौल टोलीलाई भक्तपुरमा नै बोलाएको संघकी बरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबन्जाले बताए।

उनले हरेक पटक नाप तौलबाट प्रतिनिधि बोलाउनुको साटो भक्तपुरमा नै नापतौल कार्यालय राखे सहज हुने उल्लेख गरे।

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्