Kathmandu Press

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा
Hardik ivf

काठमाडौ, भदौ २२ : बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ । 

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताउँछन् । 

प्रकाशित मिति: ०७:२१ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्