Kathmandu Press

आक्रमणविरुद्ध एक हुन गणतन्त्रवादीलाई आग्रह

आक्रमणविरुद्ध एक हुन गणतन्त्रवादीलाई आग्रह

काठमाडौं, भदौ २१ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले राजावादीका नाममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएकोे र  यस्ता घटनाको विरोधमा सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने बताए।

सोही पार्टीका मुक्ताकुमारी यादवले दिनदहाडै काठमाडौँको केन्द्रविन्दुमा धारिलो हतियार प्रहार हुनु सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको बताइन्।

Hardik ivf

नेकपा एमालेकी जुलिकुमारी महतोले चीनले हालै प्रकाशन गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नक्सा समावेश नगरेकामा सरकारले कूटनीतिक नोट लेख्नुपर्नेमा जोड दिइन्। सोही पार्टीका वासुदेव घिमिरेले बन्द भएका अधिकांश छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा भारतसँगको सीमानाकामा तस्करी मौलाउनाका साथै राजस्व  पनि गुमेकाे बताए। 

एमालेकै रणकुमारी बलम्पाकीमगरले बजारमा उपभोग्य वस्तुको भाउ दिनदिनै बढेकाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिन्।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, भदौ २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्