Kathmandu Press

यादवमाथिको आक्रमणलाई लिएर महिला संघद्वारा निन्दा र सुरक्षा माग 

यादवमाथिको आक्रमणलाई लिएर महिला संघद्वारा निन्दा र सुरक्षा माग 

काठमाडौं, भदाै २१ : नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणलाई लिएर नेपाल महिला संघले घोर भ्रत्र्सना र निन्दा गरेको छ। 

कांग्रेसको भगिनी संस्था महिला संघले आक्रमणकारीलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेको छ। संघकी केन्द्रीय अध्यक्ष उषा राउत मिश्रद्वारा जारी विज्ञप्तिमा घटनाको निन्दा गर्दै नागरिकको सुरक्षा दिन सरकारसँग मागसमेत गरिएको छ। संघको विज्ञप्तिमा यादवको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। 

बुधबार रिपोर्टर्स क्लवको कार्यक्रमबाट फर्केपछि कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण भएको थियो। खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ। यादवको ट्रमा सेण्टरमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्