Kathmandu Press

राष्ट्रिय कृषिगणना २०७८ को परिणाम सार्वजनिक 

राष्ट्रिय कृषिगणना २०७८ को परिणाम सार्वजनिक 

काठमाडौ, भदौ २१ : राष्ट्रिय कृषिगणना २०७८ को परिणाम सार्वजनिक गरिएको छ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय कृषिगणनाको परिणाम अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन्।

कृषकले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन्। पछिल्लो वर्ष अघिल्लो दशकमा भन्दा कृषक परिवार बढेको देखिएको छ।

२०६८ को कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार ९३ परिवार कृषक रहेकोमा हाल तीन लख बढेका हुन्। कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेका छन् । 
 

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्