भारतसँग पारजित हुँदै नेपाल यू–१६ साफ च्याम्पियनसिपबाट बाहिरियो
यो नेपालको प्रतियोगितामा लागतार दोस्रो हार हो। यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग पनि १–०ले नै पराजित भएको थियो।
काठमाडाैं, भदाै २० : नेपाल यू–१६ साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भुटानमा भएको खेलमा नेपाल भारतसँग १–०ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।
यो नेपालको प्रतियोगितामा लागतार दोस्रो हार हो। यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग पनि १–०ले नै पराजित भएको थियो। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।
चाङलिमिथाङ स्टेडियममा भारतका लागि मोहम्मद अर्सादले ३३औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफमा १–०ले पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन।
लगातार दुई खेल जित्दै भारत ससमूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतसँग नेपाल पराजित भएको बंगलादेश उपविजेता भन्दै सेमिफाइन पुगेको छ।
प्रकाशित मिति: १९:०३ बजे, बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










