Kathmandu Press

‘सभ्यता र भाषाका हिसाबमा नेपाल विश्वमै ठूलो देश हो’

संग्रौलाले नेपालमा ६ वटा सभ्यता र १३० भन्दा बढी भाषा संसारका कुनै पनि मुलुकमा नभएको दाबी गरे।
‘सभ्यता र भाषाका हिसाबमा नेपाल विश्वमै ठूलो देश हो’

भक्तपुर, भदौ १९ : पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलाले नेपाल भूगोलका हिसाबले सानो भएपनि सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक भएको बताएका छन्।

भक्तपुरको ठिमीमा काठमाडौं स्कूल अफ ल तथा युवा समृद्धि अभियान नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै संग्रौलाले नेपालमा ६ वटा सभ्यता र १३० भन्दा बढी भाषा संसारका कुनै पनि मुलुकमा नभएको दाबी गरे।

Hardik ivf

परापूर्व कालदेखि काठमाडौं सम्पूर्ण संस्कृतिको उद्गम थलो भएको भन्दै उनले बौद्ध धर्म मात्र नभएर किराँत धर्मको उद्गम थलो पनि काठमाडौं नै रहेको बताए। बौद्ध धर्मका कतिपय ग्रन्थहरु नेवारी भाषामा लेखिएकाले नेवारी भाषासँग अन्य संस्कृतिको पनि सम्बन्ध रहेको बताए।

आफु काठमाडौं महानगरको सल्लाहाकार रहँदा नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गरे पनि सर्वोच्च अदालतका कारण सफल नभएको बताउए । भाषा, धर्म, संस्कृतिलाई सम्मान गर्न नसक्दा देश बिग्रिएको भन्दै संग्रौलाले विद्यालय स्तरबाटै संस्कृति र मातृभाषा बारे अध्यापन गराउनु पर्नेमा जोड दिए।

काठमाडौंको संस्कृति मासेर नेपालीको पहिचान नाश गर्न खोजिएको आरोप लगाउँदै उनले च्यासल, मन्दिर र ढुंगे धाराको संरक्षण नहुँदा नेपालीको पहिचान क्षयीकरण हुँदै गएको बताए। संस्कृतिलाई माया गर्न नसक्ने हो भने सभ्यताको संरक्षण नहुने उनको भनाई थियो।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, भदौ १९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्