Kathmandu Press

न्याय सेवा आयोगद्वारा सरुवा बढुवाको निर्णय

आयोगको बैठकले तीन जना सचिवको सरुवा र एक जना सहसचिवलाई सचिवमा बढुवाको निर्णय समेत गरेको छ।
न्याय सेवा आयोगद्वारा सरुवा बढुवाको निर्णय

काठमाडौं, भदौ १९ : न्याय सेवा आयोगले मंगलवार सचिव, सहसचिव र उपसचिवको सरुवा गरेको छ।

आयोगको बैठकले तीन जना सचिवको सरुवा र एक जना सहसचिवलाई सचिवमा बढुवाको निर्णय समेत गरेको छ।

Hardik ivf

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोग वैठकको निर्णय अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवमा उदयराज सापकोटा, कानुन आयोगकी सचिव लीलादेवी गड्तौला (निरौला) र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारी सरुवा भएका छन्।

यस्तै, आयोगले कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवाको निर्णय लिएको छ।

आयोगले थप १२ जना सहसचिवहरुको समेत बढुवा निर्णय गरेको छ । आयोगले आयोगले १५६ जना उपसचिवहरुको पनि सरुवा निर्णय गरेको छ।

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, भदौ १९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्