Kathmandu Press

विश्वकपका लागि भारतीय टिमको घोषणा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
विश्वकपका लागि भारतीय टिमको घोषणा

काठमाडाैं, भदाै १९ : घरेलु मैदानमा आयोजना हुने एदिवसीय विश्वकपको भारतले टिम घोषणा गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

श्रीलंकामा एसिया कप खेलिरहेको टिमबाट २ जनालाई बाहिर राखिएको छ। जसमा मिडलअर्डर ब्याट्सम्यान तिलक बर्मा र फास्ट बलर प्रसिद्ध कृष्णा छन्।

Hardik ivf

यस्तै, बिसिसिआईले लामो समयपछि चोटबाट फर्किएका विकेटकपिर ब्याट्सम्यान केल राहुललाई पनि टिममा राखेको छ। राहुलले फिटनेसका कारण एसिया कपको समूहका २ खेल गुमाएका छन्। सुपर फोरमा उनी फर्कने बताइएको छ।

अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिले राहुलसँगै इशान किशनलाई विकेटकिपर ब्याट्सम्यानको रुपमा छनोट गरेको छ। यस्तै, विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यदवले पनि विश्वकपको टिममा स्थान बनाएका छन्।

हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर र अक्षर पटेललाई अलराउन्डरका रुपमा टिममा राखिएको छ भने जसप्रित बुमराम, मोहम्मद सिराज र मोहम्मद सामी फास्टबल तथा कुलदीप यादव स्पिनरका रुपमा टिममा छन्।

यस्तै, रोहित शर्मा, शुभमन गिल ओपनिङ जोडीमा रुपमा रहँदा मिडलअर्डरमा विराट कोहली र श्रेयस ऐयर रहेका छन्।

भारतले अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग खेल्दै विश्वकपको यात्रा थालनी गर्नेछ।

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्