Kathmandu Press

पाटनमा मनाइयाे नरसिंह जात्रा

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ।
पाटनमा मनाइयाे नरसिंह जात्रा

काठमाडौं, भदौ १८ : ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा मनाइएको छ ।

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ।

Hardik ivf

जात्रामा भगवान नरसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ। बिष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ।

अप्सराहरूले नरसिंह भगवान हिड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।  यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ।

यो जात्रा करिब ४ सय वर्ष पुरानो भएको लिखित इतिहास रहेको नरसिंह जात्रा आयोजक गुठीका उपाध्यक्ष सञ्जय राजोपाध्यायले बताउनुभयो । उहाले दुख नाश, रोगबाट मुक्त होस भनेर नरसिंह जात्रा मनाइने गरिएको जानकारी दिए।

नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ।

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, भदौ १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्