Kathmandu Press

सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए।
सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

काठमाडौं, भदौ १८ : विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। 

चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए।

सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा विमल कोइरालाले दुईदिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे। 

Hardik ivf

'सम्मेलनले नेपाली समाजमा व्याप्त निरासाबीच आशा जागरुत गर्ने विश्वास लिएका छौँ। अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पुर्‍याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदैछ,' उनले भने।

काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ।

सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उनको भनाइ छ एकेडेमीका प्रमुख कार्यकारी अधिकृत जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए।  

एकेडेमीले समाज र देशप्रतिको उत्तरदायित्व बहन गर्दै एउटा सामाजिक अभियानका रूपमा सन् २०१४ देखि हरेक वर्ष वर्षको एकपटक राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्दै आएको उनले बताए। 

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, भदौ १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्