Kathmandu Press

आत्महत्या राेक्न रोटरीको संवेग र आवेग न्यूनीकरण अभियान

कार्यक्रममा वक्ताहरुले व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरुमार्फत सेवाको पहुँचका लागिसंघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले छुट्टै कार्यक्रम बनाएर जानुपर्ने बताए। 
आत्महत्या राेक्न रोटरीको संवेग र आवेग न्यूनीकरण अभियान

काभ्रेपलाञ्चोक, भदाै १८ : पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा बढिरहेको आत्महत्या न्यूनीकरणका लागि संवेग र आवेग न्यूनीकरण अभियान अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

रोटरी क्लब अफ बनेपा काभ्रे र रोटरी क्लब अफ काभ्रे भ्यालीको संयुक्त आयोजनामा बनेपामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले समाजमा विद्यमान विभिन्न समस्या मध्येको एक आत्महत्या न्यूनिकरणका लागि समाजका सबै तह र तप्काले जुझारु भएर लाग्नु पर्ने बताए।

उनले मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै सुरू हुने भएकोले रोटरीले आयोजना गरेको यो महत्वपूर्ण कार्यक्रमले समाजलाई केही सन्देश पुग्ने विश्वास राख्दै समुदाय स्तरमा मानसिक स्वास्थ्यमा सचेतनाका कार्यक्रमहरू लैजान आग्रह गरे। 

Hardik ivf

372520120_1019467245935517_15957053082811381_n1693809050.jpg

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तमराज सेंढाई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निजी तथा आवासीय विद्यालय अर्गनाइजेश काभ्रेका अध्यक्ष श्याबहादुर भुजेललगायतले व्यक्तिमा उत्पन्न हुने भाव र यसबाट सिर्जना हुने मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास रोक्न आ–आफ्ना ठाउँबाट योगदान दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा वक्ताहरुले व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरुमार्फत सेवाको पहुँचका लागिसंघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले छुट्टै कार्यक्रम बनाएर जानुपर्ने बताए। 

विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, सेना, प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत २०० भन्दामाथिको सहभागिता रहेको कार्यक्रमको सभापतित्व गर्दै रोटरी क्लब अफ काभ्रे बनेपाका वर्ष २०२३–२४ अध्यक्ष केशवप्रसाद बडालले मानवमा विद्यमान भावहरु आवेग, संवेग, उदवेगका कारण मानव छोटो समयमा निर्णय लिन पुग्ने र यसको नतिजा जीवन कालभर पिडादायी हुनसक्ने भएकाले यस प्रकारका समस्या न्यूनिकरणका लागि आयोजित कार्यक्रमले समाजलाई लाभ पुग्ने विश्वास व्यक्त गरे। 

372558697_1779996382415566_7266518891317344933_n1693810938.jpg

उनले सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको बताउनु हुँदै मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र ती भावहरुबाट ग्रसित भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविद्हरु तथा विशेषज्ञहरुमार्फत सचेतना सञ्चारित गरिएको बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोटरी क्लब अफ काभ्रे भ्यालीका वर्ष २०२३–२४ का अध्यक्ष रिकेश कायष्ठले प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको बताए।  

कार्यक्रममा जिसस प्रमुख दीपककुमार गौतम, रोटरियन तथा कर्ड नेपालका वरिष्ठ मनो सामाजिक परामर्शदाता वीरबहादुर लामा, मनोसामाजिक परामर्शदाता प्रशानी श्रेष्ठ, मनोसामाजिक परामर्शदाता भूमिका सारु मगरलगायतले सहभागीहरुर्लाइ परामर्श प्रदान गरेका थिए।

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्