दुर्घटनामा एक जनाको मृत्यु
गएराति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालक सङ्खुवासभाको मकालु गाउँपालिक १ का २७ वर्षका दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौं, भदौ १८ : काठमाडौंको बसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालक सङ्खुवासभाको मकालु गाउँपालिक १ का २७ वर्षका दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने १९ वर्षकी डोल्मा शेर्पा घाइते भएका छन् । उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार